Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधिसभा विघटनको मुद्दा फैसलाको चरणमा, आज पेशी

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दै आजको लागि पेशीमा रहेको छ । सर्वोच्चले मंगलवारदेखि यो मुद्दामा कस्तो फैसला सुनाउने छलफल गर्नेछ ।

चौतर्फी फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया सकेर सर्वोच्च अदालतले ‘हेर्दाहेर्दै’ मा पेशी तोकेको थियो ।

सोमबारसम्म दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीलाई बहस नोट पेस गर्ने समय दिइएको थियो । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए। सिफारिसको केही घन्टामै राष्ट्रपति भण्डारीले अनुमोदन गरेकी थिइन्।

प्रधानमन्त्रीको उक्त निर्णय विरुद्धमा नेकपाका नेता देव गुरुङसहित १३ थान रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए। सर्वोच्चको संवैधानिक इजलासले माघ ५ गतेदेखि निरन्तर सुनुवाई गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077