Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रचण्ड-माधवको नेतृत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव

    प्रचण्ड-माधव प्रधानमन्त्री बन्नु र गोरु ब्याउनु एउटै हो : सूर्य थापा

    प्रचण्ड-माधव प्रधानमन्त्री बन्नु र गोरु ब्याउनु एउटै हो : सूर्य थापा

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा ओली समुहका नेता सूर्य थापाले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् थापाले भनेका छन्, “पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको छ ।”



    यस्तै, ‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा सरकार बन्नु भनेको गोरु ब्याएर बिगौती खान खोजे जस्तै मात्र हो । कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं’ उनले भने ।



    नेकपा प्रचण्ड-माधव समुहमा अबको प्रधानमन्त्रीको बिषयमा बहस सुर भएपछि सल्लाकार थापाले यस्तो भनेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार