Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नेकपा नामको विवाद अबको केही दिन मात्रै, अदालतले तोक्यो मिति

    नेकपा नामको विवाद अबको केही दिन मात्रै, अदालतले तोक्यो मिति

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौँ। अन्तत: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाममा रहेको विवाद अब केही दिनमा टुंगिने भएको छ ।

    सर्वोच्च अदालतले नेकपा नामको विवाद आगामी फागुन २० गते निर्णय सुनाउने भएपछि सो विवाद अबको केही दिनमै टुंगिन लागेको हो ।



    आज (बिहीबार) न्यायाधीश कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले उक्त मुद्दामा सुनुवाई सकेर निर्णय सुनाउने मिति फागुन २० गतेलाई तोकेको सर्वोच्चका  किशोर पौडेलले जानकारी दिए ।



    तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो ।

    आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषिराम कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार