Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आफ्नै आमालाई हत्या गर्ने छोरा पक्राउ

अछाम। जिल्ला प्रहरी कार्यालय अछामले आफ्नै आमाको हत्या गर्ने छोरालाई पक्राउ गरेको छ ।

आफ्नै ६० वर्षीया आमा कला बुढाको हत्या गरेको भन्दै  साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय छोरा जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077