Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • बालविवाह गरेको भन्दै दुलाहा-दुलही सहित ३ जना पक्राउ

    बालविवाह गरेको भन्दै दुलाहा-दुलही सहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    पर्सा। शुक्रबार वीरगंज महानगरपालिका-१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह बालविवाहगरेको भन्दै दुलाहा-दुलही सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका-१६ नगवा बस्ने दुलाहा १९ बर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्षीय कृष्ण सर्राफ रहेका छन् ।



    मन्दिरमा बालविवाह गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



    उनीहरू उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार