Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बालविवाह गर्ने बेहुलासहित पाँचजना पक्राउ

    बालविवाह गर्ने बेहुलासहित पाँचजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 624
    SHARES

    फाइल फोटो

    नवलपुर । नवलपुरमा जर्वजस्ती बालविवाह गरेको आरोपमा बेहुलासहित पाँचजना पक्राउ परेका छन् ।

    नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० बर्षीय पुरुषसँग १६ बर्षीया बालिकाको जबरजस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बालविवाह भएको भन्ने सूचना पाउन साथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।



    उनीहरूलाई मुलुकी फौजदारी अपराध संहित २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    उक्त दफाअनुसार जर्वजस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार