Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संविधान विपरित कार्य गर्नेहरु देशका शत्रु हुन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ। पछिल्लो समय देशको राजनीतिक अवस्था र राजनैतिक दलहरुको गतिविधिलाई नजिकबाट नियालिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको मर्म र हित विपरित कार्य गर्नेहरु देशका शत्रु रहेको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्,' आफैंले बनाएको संविधान अनि त्यसको मूल मर्ममा प्रहार गरी अट्टाहास गर्ने कुण्ठित मानसिकताका केही नेतागण तथा शासन प्रणालीमा हावी भएका छुद्र मानसिकता सहितका व्यक्तित्वहरू देशका शत्रु हुन् ।'

त्यस्तै, पूर्वराजाले अरूको सुविधाको लागि मातृतुल्य आफ्नो मुलुकका आम नागरिक प्रताडित हुनेगरी गरिएको ताण्डव सैह्य नहुने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077