Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • अन्ततः वलीसँग माफी मागे पन्तले

    अन्ततः वलीसँग माफी मागे पन्तले

    अनलाइन नेपाल
  • आइतबार, १६ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । शनिबार एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ कोमल वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै आरोप खेपेका प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले माफी मागेका छन् ।

    पन्तले आज आफ्नो आशय वलीलाई चोट पुर्‍याउने नभएको भन्दै एक अनलाईनसँग स्पष्टिकरण दिएका छन् ।



    उनले भनेका छन्–‘मेरो अभिव्यक्ति उहाँप्रति लक्षित थिएन । तर त्यसले उहाँलाई चोट पुगेकोमा म दुःख व्यक्त गर्छु ।’



    गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा तानिएका थिए ।

    पूर्वमन्त्रीसमेत रहेका पन्तले शनिबार एक कार्यक्रममा उनले ‘महिलाहरु केपीतिर पनि छन्, २० औं वर्ष बिहे नगरेर बसेका छन् । तिनले टिकट पनि पाएनन्, राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । तिनी राष्ट्रियसभा सदस्य भइन्, केन्द्रीय कमिटी सदस्य पनि भइन् ।’

    पन्तको भिडियो सार्वजनिक भएपछि वली पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् ।

    पन्तको अभिव्यक्तिले आमा दिदी बहिनीको अपमान गरेको भन्दै उनले भनेकी छन्,‘विवेकहीन मानिसको आलोचना ले आफैंलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’

    त्यसैगरी वलीले ट्वीटरमा ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ।’ पंतजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको होरु के यो देशमा महिला कुनै पदमा पुग्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’ भन्दै प्रश्न गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार