Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोमलले कोट्याउँदा पनि मन्त्री निन्द्राबाट नब्यूँझेको भिडियो भाइरल (भिडियो)

    कोमलले कोट्याउँदा पनि मन्त्री निन्द्राबाट नब्यूँझेको भिडियो भाइरल (भिडियो)

    अनलाइन नेपाल
  • बुधबार, १८ चैत्र २०७७
  • 7.1K
    SHARES

    काठमाडौं । मंगलबार रिपोर्टर्स क्लव नेपालको २३ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रिय सभागृहमा आयोजीत कार्यक्रममा दुईवटा फरक दृष्य देखियो ।

    एउटा सञ्चारमन्त्रीले निन्द्रा पुर्याएको र अर्को नेताहरुले कार्यक्रम बहिस्कार गर्दा मञ्च खाली भएको ।



    रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालदेखि जसपाका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका वरिष्ठ नेताहरुलाई डाकेका थिए ।



    तर, माओवादी केन्द्र र नेपाल–खनाल पक्षका एमाले नेताहरुलले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भएपछि कार्यक्रम नै बहिष्कार गरे जसकारण क्लवको कार्यक्रममा मञ्च नै खाली भएको देखिन्थ्यो ।

    कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रधानमन्त्री ओली आउनु भन्दा अगाडि नै सम्बोधन गरेर बाहिरिएका थिए ।

    यता, कार्यक्रम अवधिवर बसेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ भने अधिकांश समय निदाइरहे । मन्त्री निदाई रहेको भिडियो अहिले टिकटकमा भाइरल भएको छ।

    भिडियोमा निदाइरहेका गुरुङलाई राष्ट्रियसभा सांसद कोमल ओलीले पटक–पटक ब्युँझाए पनि उनी नउठेको प्रष्ट देखिन्छ । स्टेजमा मन्त्रीहरु बसन्त नेम्वाङ र प्रेम आले पनि थिए ।

    पछिल्लो समय नेपाल सरकारका मन्त्रीहरु भाइरल हुने क्रम बढ्दो छ। केहीदिन पहिलामात्र वनमन्त्री प्रेम आले भाइरल भए।

    उनले त्यतिबेला ‘जंगलले हामीलाई कार्वण्डाइअक्साइड दिन्छ र हामीले अक्सिजन दिन्छौं’ भन्ने भाषण गरेका थिए ।

    विकास अर्याल नामक टिकटकमा बनेको उक्त भिडियो खड्योथ नामको ट्वीटर ह्याण्डल गर्ने व्यक्तिले सार्वजनिक गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार