Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बार्सिलोनाको कार्यालयमा प्रहरीको छापा

 

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको कार्यालयमा प्रहरीले छापा मारेर चार जनालाई पक्राउ गरेको छ। वित्तिय गतिविधिबारे अनुसन्धान गर्न प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा हानेको हो ।

प्रहरीले पक्राउ गरिएका व्यक्तिहरुको बारेमा केही खुलाएको छैन । प्रहरीले सन् २०२० मा भएको ‘बार्सागेट’ स्क्याण्डलसँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेको छ ।

बार्सिलोनामाथि आफै खेलाडीलाई सामाजिक सञ्जालमा निशाना बनाउन फर्मलाई जिम्मा दिएको आरोप थियो । सो आरोप बार्सिलोनाले अस्वीकार गर्दै आएको छ । बार्सिलोनाको अध्यक्षका लागि आइतबार चुनाव भएको थियो ।

गत अक्टोबरमा जोसेप मारिया बार्तोमेउले राजीनामा दिएपछि चुनाव भएको हो । पक्राउ पर्नेमा बार्तोमेउ समेत रहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन्

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077