Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

प्रधानमन्त्रीलाई सुरक्षा दिन नेकपा तयार छ : माधव नेपाल

मोरङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले सयौँ सुरक्षाकर्मीको घेरामा समेत असुरक्षित महसुस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई आवश्यक परेको खण्डमा नेकपा सुरक्षा दिन तयार रहेको बताएका छन् ।

प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले आफूलाई असुरक्षित महसुस ठानेकै हो भने नेकपा सुरक्षा दिन तयार रहेको बताएका हुन् ।

देशलाई सुरक्षा दिनुपर्ने प्रधानमन्त्रीले आफै असुरक्षित छु भन्ने हो भने नेकपा प्रचण्ड-माधव समुहले सुरक्षा दिने नेपालले बताए ।

कार्यक्रममा बोल्दै नेपालले प्रतिगमनको विरुद्द आफुहरुले चालेको कदमले सफलता पाएको भन्दै आगामी दिनहरुमा प्रतिगमनको विपक्षमा रहेका दलहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077