Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विप्लवसँगको पहिलो वार्ता फलदायी रहेको सरकारको दाबी

काठमाडौं । सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टीबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक वार्ता भएको थियो ।

वार्तापश्चात् सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले पहिलो वार्ता फलदायी रहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै डा. भट्टराईले वार्ता फलदायी रहेको जानकारी दिएका हुन् ।

भट्टराईले भनेका छन्, 'नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।'

सरकारले हिजोमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेपछि बुधबार बिहान वार्ता बसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077