Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जिपको ठक्करबाट साथीको मृत्यु भएपछि सडकै विद्यार्थीको प्रदर्शन

काठमाडौँ। ललितपुरको एकान्तकुनामा आज भएको जिप दुर्घटनामा एक जना विद्यार्थी साथीको मृत्यु भएपछि उनका साथीहरुले सडकमै  प्रदर्शन गरेका छन् ।

स१ज ५६७ नं को जीपले दाहाललाई बिहान ६ ठक्कर दिएको थियो । ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ठक्कर दिएपछि जिपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

उक्त घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

दाहाल सोही क्याम्पसका विद्यार्थी हुन् । गाडी र त्यसका चालकलाई पक्राउ गरिसकिएको  परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077