Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

 सवारी दुर्घटनामा २ जनाको मृत्यु 

सप्तरी। खडक नगरपालिका-४ बनरझुलास्थित सडकमा स.१ क २४३ नम्बरको बसले स.७ प ५३२४ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ६० वर्षीय सकिल रहमानको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको नर्सिङगहोम लहान सिरहा हुँदै बिराट नरसिंह होम बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

धनुषा, शहिदनगर नगरपालिका-३ झण्डा चोकमा प्र.२-०२-००३ प ६१७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ हट्टिपुर बस्ने २२ वर्षीय श्रवण पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077