Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोशीमा बगिरहेका माझीलाई यसरी बचायो एपीएफ टोलीले

सुनसरी । सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ७ स्थित सिसौली घाटस्थित कोशी नदीमा बगिरहेका मोरङ जिल्लाको कानेपोखरी गाँउपालिका ४ बस्ने ४० बर्षिय दुर्गा माझीलाई सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको एपीएफ टोलीले १८ गते माझीको तत्कालै उद्धार गरेकोे हो ।

माझीजातीहरुको महान चाड कोशी पूजाको लागि कोशी नदीमा पौडिएर सो घाटमा जाने क्रममा उनलाई नदीले बगाएको थियो ।

सोही ठाउँमा ड्यूटीमा परिचालित एपीएफ टोलीले उनलाई बगेको देख्नेवित्तिकै तत्कालै गएर सो घाट भन्दा करीब पाँच सय मिटर तलबाट उनको सकुशल उद्धार गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077