Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो लेगको हार उल्टाउँदै बार्सिलोना फाइनलमा

काठमाडौं । पहिलो लेगमा ब्यहोरेको २–० को हार उल्टाउँदै बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । नाटकीय खेलमा बार्सिलोनाले समग्रमा ३–२ को जीत हासिल गर्न सफल भएको हो ।

कीर्तिमानी ३१ औँ पटक प्रतियोगिताको उपाधि जित्ने होडमा रहेको बार्साले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्तेबीचको विजेतासँग भिड्नेछ ।

३० मिनेटको अतिरिक्त समयको शुरुवातमा नै मार्टिन ब्राथवेटले निर्णायक गोल गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा ओसमान डेम्बेलेले बार्सिलोनालाई १२ औँ मिनेटमा नै अग्रता दिलाएका थिए ।

त्यसपछि लुकास ओकाम्पोसले सेभियालाई पेनाल्टीबाट गोल गर्न चुकेको थिए । फर्नान्डोले रातो कार्ड खाँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा सिमित बन्यो । जेरोर्ड पिकेले इन्जुरी समयमा गोल गर्दै खेल २–२ को बराबरी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077