Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

अर्थमन्त्री पौडेलमाथि स्थानीयको आक्रोश, शिलान्यास गर्ने मञ्च नै भत्काइदिए

रुपन्देही। अर्थमन्त्री विष्णु पौडेलले जिल्लाको मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएका छन्।

गृहजिल्ला आएसँगै शिलान्यास र उद्घाटनमा व्यस्त रहने मन्त्री पौडेलमाथि आक्रोश पोख्दै स्थानीयले मन्च भत्काइदिएका हुन् ।

औद्योगिक क्षेत्रको निर्माणको क्रममा आफुहरूको जग्गामा औद्योगिक करिडोर बनाउन लागेको भन्दै असन्तुष्ट मोतिपुरका स्थानीयले मञ्च भत्काइदिएको औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीले बताए ।

करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र (करिडोर) बनाउने तयारी गरिएको छ ।

‘हामीले कार्यक्रमका लागि तयारी गरिरहेका थियौं अचानक एउटा समुह आएर हुल हुज्जजत गरेर भत्काई दिए कर्मचारी टेण्ट निर्माण गरि रहेका कामदारलाई लखेट्ने काम भयो,’ औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख निमेष अधिकारीले भने ।

यसैविच मोतिपुर क्षेत्रका स्थानीयले कार्यक्रम शुरु गरेपनि अवरोध गर्ने चेतवानी दिँदै आएका छन् । कालोझण्डा देखाउने देखी बिभिन्न बिरोधका कार्यक्रमहरु रहेको संघर्ष समितिले जनाएको छ ।

यसअघि गत १३ गतेको लागि तय भएको शिलान्यास कार्यक्रम स्थगित भएपछि शुक्रबारको लागि तय भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077