Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रिहा हुन थाले विप्लव समूहका नेता-कार्यकर्ता

काठमाडौँ। सरकारसँग भएको तीनबुँदे सहमति र विप्लव नेतृत्वको नेकपामाथि लगाईएको प्रतिवन्ध फुकुवासँगै नेता कार्यकर्ताहरु रिहा हुन थालेका छन् ।

शुक्रबार विहान विप्लवसमूहका तेस्रो वरियतामा रहेका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको समन्वयमा काभ्रे प्रहरीको हिरासतमा रहेका नेता बास्तोला रिहा भएको प्रहरीले जनाएको छ ।

बिहीबार गृहमन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न सर्कुलर गरेसँगै उनीहरुलाई रिहा गरिएको हो।

यस्तै, धरानमा प्रहरी हिरासतमा रहेका भेषराज भुसाललाई पनि रिहा गर्ने तयारी भइरहेको धरान प्रहरीले जनाएको छ ।

‘विप्लव’ समूहका १ सय ४४ जना नेता–कार्यकर्ता अहिले जेल र हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077