Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेसले सरकारमा जानुभन्दा पनि प्रतिपक्षको भूमिका खेल्नुपर्नेमा नेता सिंहको जोड

बारा। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिले पार्टीले सरकारमा जानुभन्दा प्रतिपक्षको भूमिकामा रही देशलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने कुरामा जोड दिएका छन् ।

शुक्रबार सिमरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेसलाई सरकारमा जान हतार नगरी विद्यमान सङ्कटलाई निकास दिनतिर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।

नेता सिंहले विधिको शासन कायम गर्न र प्रेस स्वतन्त्रतालाई मजबुत गर्नका लागि पनि कांग्रेसले प्रतिपक्षको भूमिका दरिलो रुपमा प्रस्तुत गर्नुपर्ने सुझाव व्यक्त गरे। उनले पार्टीमा देखिएको गुटपउगुटलाई चिरी एकता निर्माण गर्नका लागि सबैको पहल हुनुपर्नेमा जोड दिए।

उनले संविधानले तोकेको समयसीमामा पार्टीको अधिवेशन गरी पार्टीलाई जीवन्त राख्न सबैको साझा दायित्व रहेको बताए ।

फरक प्रसङ्गमा नेता सिंहले पार्टीमा आफ्नो पनि ठूलो लगानी रहेको हुँदा कार्यकर्ताले विश्वास गर्‍यो भने सभापतिका लागि योग्य रहेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077