Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

२२ तोला अवैध सुनसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी वृत्त थानकोटले २२ तोला अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो महानगरीय प्रहरी प्रभाग नागढुंगामा भारत जोयपुर घर बताउने २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्रीसहित ३१ वर्षीय तपास सस्माललाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७९२१ नम्बरको टाटा सुमोमा सवार सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्रीसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077