Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले-माओवादी एकता खारेज, मिल्ने भए आयोग जान परमादेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा मुद्दाको फैसला ऋषि कट्टेलको नाममा गरेसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता पनि स्वत: खारेज भएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार श्रेष्ठको इजलासले निर्वाचन आयोगको उक्त निर्णय खारेज गरी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र अलग अलग राजनीतिक दलको रुपमा साविकको अवस्थामा कायम रहने फैसला गरेको हो ।

निर्वाचन आयोगले एकीकरणको मान्यता दिनुपूर्वकै दलहरु नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) अस्तित्वमा रहेको उल्लेख गरिएको छ ।

यी दुई पार्टी २०७५ जेठ ३ गते एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी बनेका थिए ।

 

अदालतको फैसलामा ती दलहरू अब उप्रान्त एकताका लागि तयार भएमा राजनीतिक दलसम्बन्धी ऐन तथा प्रचलित कानून बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरेको छ ।

नेकपा अध्यक्ष प्रचण्डले अदालतको फैसला सोचेअनुसार नभएको भन्दै टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077