Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्ड-माधव समूहका सांसदहरुले भने -प्रधानमन्त्री कुन पार्टीको हो ?

काठमाडौँ।  नेकपा प्रचण्ड-माधव समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

सो समूहका सांसदहरुले वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै बैठकको बीचबाटै उठेर हिँडेका हुन्।

संसदको आइतबार बसेको प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विषेश समय लिएर कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध गरे ।

सर्वोच्चको फैसला कानुनी हो कि राजनीतिक हो भन्ने विचार विमर्ष गर्नुपर्ने भन्दै उनले अघि भने, ‘नेकपा होइन भने वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो र ?

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो ।

सांसद भीम रावलले बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा समर्थन रहे पनि अध्यादेशहरु पेस गर्नेमा आफूहरुको समर्थन नरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077