Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यसरी गरियो चितवनमा एमाले पार्टी कार्यालयको स्थापना

    यसरी गरियो चितवनमा एमाले पार्टी कार्यालयको स्थापना

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 3.8K
    SHARES

    चितवन । सर्वोच्च अदालतले नेकपाको एकतालाई भंग गरेपछि नेकपा एमाले चितवनले मंगलबारदेखि जिल्ला पार्टी कार्यालय खुलाएको छ ।

    भरतपुर कृष्णपुरमा एमाले पार्टी कार्यालयको पुनः स्थापना गरिएको हो । पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्विरसमेत राखिएको छ ।



    पार्टी कार्यालय स्थापना गर्दा कार्यकर्ताहरुले नाचगान गर्दै एमाले ‘केपी ओली जिन्दावाद, एमाले पार्टी जिन्दावाद’ को नारासमेत लगाए ।



    नेकपा एमाले चितवनका नेता रामप्रसाद न्यौपानेले आफ्नो पार्टी एमाले नै भएको र अदालतले पार्टी पुनःस्थापना गरिदिएकाले आफुहरु उत्साहित भएको प्रतिक्रिया दिए ।

    उनले विगतमा भएका सम्पूर्ण गतिविधिलाई यथावत राखी पार्टीलाई एक बनाउन लागिपर्ने प्रतिबद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार