Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफलाई

बाँके। नेपालगञ्जमा सम्पन्न सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ ।

साविकको विजेता पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधि जितेसँगै एपीएफले रु पाँच लाख पुरस्कार पाएको आयोजक बाँके जिल्ला भलिवल सङ्घका अध्यक्ष टीएस ठकुरीले जानकारी दिए । उनका अनुसार, एपीएफ र पुलिस तीनरतीन खेल जित्दै फाइनलमा पुगेका थिए । फाइनलमा एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित गर्यो । दोस्रो भएको पुलिसले रु दुई लाख हात पारेको छ ।

यसैगरी, न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई २५–१६, २५–११ र २५–१३ कौ सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । तुलनात्मकरुपमा कमजोर रहेको लुम्बिनीविरुद्ध न्यू डायमण्डले दोस्रो रोजाइका खेलाडीलाई उतारेको थियो । न्यू डायमण्डले रु एक लाख पुरस्कार हात पारेको छ ।

प्रतियोगितामा चौथो भएको त्रिभुवन आर्मी क्लबले रु ५० हजार पुरस्कार पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी एपीएफकी सरस्वती चौधरीले रु २५ हजार पुरस्कार प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077