Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक : कार्यसुची थपियो, नेताहरूले सम्बोधन गर्ने

    प्रतिनिधिसभा बैठक : कार्यसुची थपियो, नेताहरूले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा कार्यसूची थपिएको छ ।

    संसद् सचिवालयका अनुसार थपिएको कार्यसूचीमा विभिन्न दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।



    यसअघिको कार्यसूचीमा सरकारका तर्फबाट विभिन्न अध्यादेश पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेकोमा नेताहरूलाई पनि बोल्न दिइने गरी कार्यसूची थपिएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।



    त्यस्तै, आज बस्ने बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्ता पक्षकै लहरमा बस्ने भएका छन् ।

    माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने सचिवालयका प्रवक्ता पाण्डेले बताए ।

    नेकपा माओवादीले समर्थन फिर्ता लिएको अवस्थामा भने उसका लागि विपक्षी दलका रुपमा प्रतिनिधिसभा बैठकमा स्थानको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

    गत आइतबार सर्वोच्चले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण खारेज गरिदिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार