Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लगातार दोस्रो पटक प्रधानमन्त्री ओली किन बाहिरिए संसदबाट ?

    लगातार दोस्रो पटक प्रधानमन्त्री ओली किन बाहिरिए संसदबाट ?

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 5K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै बुधबार बस्न लागेको दोस्रो बैठकमा पनि प्रधानमन्त्री केपी ओली बैठकमा भाग नलिई बाहिरिए ।

    बैठकमा भाग लिन संसद भवन बानेश्वर पुगेका प्रधानमन्त्री ओली सहभागी नभई बाहिरिएका हुन् ।



    गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको पहिलो बैठकको दिन पनि उनी बैठकमा भाग नलिई बहिरिएका थिए ।



    एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले भने, ‘प्रधानमन्त्री कुनै काम परेर बैठकमा भाग लिन आएर पनि फर्किनु परेको हो ।’

    गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए भने गत फागुन ११ गते सर्वोच्चले पुनःस्थापना गरेको थियो ।

    बैठकमा भाग नलिई प्रधानमन्त्री बाहिरिएपछि अर्को बैठक आगामी चैत ३ गतेसम्मका लागि स्थगित भएको छ। आगामी बैठकमा ओलीले भाग लिने नलिने चासोको बिषय रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार