Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चुनावका लागि तयार हुन मतदातालाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

    चुनावका लागि तयार हुन मतदातालाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

    अनलाइन नेपाल
  • बिहिबार, २७ फाल्गुन २०७७
  • 1.7K
    SHARES

     

    पर्सा। नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थताको अन्त्य र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन् ।



    बिहीबार प्रेस सेन्टर पर्साद्वारा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,’निर्वाचनका लागि तयार हुन म आम मतदाता समक्ष आग्रह गर्दछु ।’ ‘प्रतिनिधिसभामा दलहरुबीच समन्वय भई प्रक्रिया सामान्य ढङ्गले अगाडि नबढे ताजा जनादेशमै जानुपर्छ’, उनले भने ।



    एमालेका नेता पोखरेलले सर्वोच्च आदालतको फैसलाबाट उत्पन्न भएको वर्तमान राजनीतिक अवस्थाको सामना गर्दै एमाले र माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्ममा नयाँ ढङ्गले पुनःएकता हुने धारणा व्यक्त गरे ।

    उनले दलको नामबारे अदालतले दिएको फैसलाले दुवै पार्टीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा पुइयाए पनि दुवै पार्टीबीचको एकता र दुवै पार्टीका नेता कार्यकर्तालाई सम्मानजनक ढङ्गले व्यवस्थापन गर्ने सोचका साथ नेकपा एमाले अगाडि बढेको जानकारी दिए।

    उनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितीको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
    पोखरेलले ठेक्का सरकार गर्ने र लामो समयसम्म काम नगरी सर्वसाधारणलाई दुःख दिने प्रवृत्तिको अन्त्यका लागि प्रधानमन्त्री ओलीसँग भेटी आग्रह गर्ने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार