Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सातदोबाटो क्लबलाई शहीद स्मारक बी डिभिजन लिगको उपाधि

    सातदोबाटो क्लबलाई शहीद स्मारक बी डिभिजन लिगको उपाधि

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ । सातदोबाटो युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगको उपाधि जितेको छ ।

    लिगको अन्तिम खेलमा सातदोबाटोले रानी पोखरी कर्नर टिम (आरसिटी)लाई १–० गोलले हराउँदै शहीद स्मारक बि डिभिजन लिगको उपाधि उचालेको हो ।



    एघार वर्ष बी डिभिजनबाट ए डिभिजनमा उक्लिन संघर्ष गरेको सातदोबाटोले ११ खेलबाट ९ खेलमा जित निकाल्दा एकमा बराबरी तथा एक खेल गुमाउन पुगेको थियो।



    बी डिभिजन लिगको च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले बिहीबार आफ्नो अन्तिम खेललाई सुखद बनाउँदा समर्थकको साथले निकै खुसी थियो। सुखद अन्त्य अनि शीर्ष डिभिजन यात्रा साकार बन्दा टोलीलाई समर्थकले निकै हौसाला प्रदान गरेका थिए।

    २०५४ सालमा स्थापना भएको सातदोबाटोले ५७ सालमा सि डिभिजनको यात्रा तय गरेको थियो। करिब ९ वर्ष सि डिभिजनबाट बी डिभिजनमा उक्लिन मिहिनेत गरेको सातदोबाटोले ११ वर्ष पछि बी डिभिजनका खेलमा अनुभव सगाल्ने मौका बुनेको थियो।

    २०६६ बाट बी डिभिजन खेलेर ए डिभिजनमा बढुवा हुने अभिलाशा बोकेको सातदोबाटो २०७७ मा शीर्ष डिभिजनमा बढुवा भएको छ । लामो संघर्ष र टिमको कठोर मिहिनेले टोली बढुवा भएको क्लबका प्रशिक्षक सनोज श्रेष्ठले बताए ।

    बिहीबारको अन्तिम खेलमा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले ६७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको खेलमा आङथुपुले गरेको गोलले सातदोबाटोको बी डिभिजन यात्रा सुखद बनेको हो । ए डिभिजनमा पुग्दा टोलीले निकै मिहिनेत गरेको सातदोबाटोका कप्तान बसन्त तामाङले बताए।

    टोलीका अध्यक्ष तथा क्लबका संस्थापक सदस्य कपिल राना मगरले टोली शीर्ष डिभिजनमा फर्किएसँगै चुनौति थपिएको बताए । प्रतियोगितामा खुमलटार युथ क्लब दोस्रो तथा बाँसबारी युथ क्लब तेस्रो बन्यो। शीर्ष डिभिजनमा बढुवा भएको सातादोबाटोले ट्रफीसँगै रु १५, दोस्रो भएको खुमलटारले रु १० लाख, तेस्रो भएको बाँसबारीले रु ८ लाख तथा चौथो भएको ब्वाइज युनियनले रु ५ लाख प्राप्त गर्‍यो।

    प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गरेका थिए । पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भएको छ । खुमलटारका सबिन केसी उत्कृष्ट फरवार्ड, सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर, बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर तथा खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए ।

    सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट सबैलाई जनही रु २५ हजार पुरस्कार प्रदान गरियो । प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले जित्यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार