Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ‘ए’ डिभिजन लिग: सातदोबाटोद्वारा थ्रीस्टार १-० गोल अन्तरले पराजित

    ‘ए’ डिभिजन लिग: सातदोबाटोद्वारा थ्रीस्टार १-० गोल अन्तरले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १० मंसिर २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटाले थ्रीस्टार क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो ।



    यसअघि सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।



    सातदोबाटोका लागि सुदीप गुरुङले निर्णायक गोल गरे । उनले खेलको २९औँ मिनेटमा गोल गरेका थिए।

    जीतसँगै सातदोबाटोले चार अङ्क जोडेको छ । थ्रीस्टारको तीन अङ्क छ ।

    यसअघि पहिलो खेलमा थ्रीस्टारले च्यासल युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार