Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सहिद स्मारक ‘ए’ डिभिजन लिग : सातदोबाटोलाई हराउँदै पुलिस क्लब बन्यो तेस्रो

    सहिद स्मारक ‘ए’ डिभिजन लिग : सातदोबाटोलाई हराउँदै पुलिस क्लब बन्यो तेस्रो

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय नेपाल पुलिस क्लब विजयी भएको छ ।

    च्यासल मैदानमा आज भएको आफ्नो अन्तिम खेलमा सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै पुसिलसले सुखद् सिजनको अन्त्य गर्न सफल रह्यो ।



    पुलिसको जितमा अहमद हिजाजीले निर्णायक गोल गरे । अन्तिम खेल खेल्न बाँकी रहे पनि जावलाखेल युथ क्लबलाई चार अंकले पछि पार्दै पुलिसले तेस्रो स्थान निश्चित गरेको हो ।



    जितसँगै २६ खेलबाट ४१ अंक जोडेको पुलिस तालिकाको तेस्रो बन्न सफल भएको छ ।

    सातदोबाटोले हारबाट सिजनको अन्त्य गरेको छ । सातदोबाटो २६ खेलमा ३५ अंक जोड्दै पाँचौं स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार