Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अन्तिम खेलमा एपिएफलाई पराजित गरेसँगै रेलिगेशनबाट जोगियो फ्रेन्ड्स

    अन्तिम खेलमा एपिएफलाई पराजित गरेसँगै रेलिगेशनबाट जोगियो फ्रेन्ड्स

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 771
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा फ्रेन्ड्स क्लबले जित निकालेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार फ्रेन्ड्सले एपीएफ क्लबलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।



    फ्रेन्ड्सको जितमा टोरिक जेब्रिन, विकास थापा, राफिक अमिनु र अखरबेक उक्तामोभले एक एक गोल गरे ।



    एपिएफ हराएसँगै फ्रेन्ड्सले रेलिगेशन खतरा टारेको हो। फ्रेन्ड्ससँगको हारपछि एपिएफको भने रेलिगेशन सम्भावना कायम छ।

    लिगमा २६ खेलबाट ३० अंक जोडेको फ्रेन्ड्स यो जितसँगै तालिकाको ११औँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्स रेलिगेसन क्षेत्रमा रहेको थ्री स्टार क्लबभन्दा एक अंक माथि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार