Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अन्तिम खेलमा मनाङविरुद्ध मछिन्द्रको उत्कृष्ट पुनरागमन जित

    अन्तिम खेलमा मनाङविरुद्ध मछिन्द्रको उत्कृष्ट पुनरागमन जित

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 888
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबले जित निकालेको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्रले मनाङ मर्स्याङ्दी क्लबविरुद्ध ३-१ गोलको नतिजामा उत्कृष्ट पुनरागमन जित निकाल्दै सिजनको सुखद समापन गरेको हो।



    मछिन्द्रको जितमा अफीज ओलावालेले दुई गोल गरेका थिए भने बिमल घर्ति मगरले एक गोल गरेका थिए । त्यस्तै मनाङका लागि एक गोल विजय श्रेष्ठले गरेका थिए ।



    यस जितसँगै लिगको उपविजेता मछिन्द्रले सिजनको सुखद अन्त्य गरेको छ । लिग उपविजेता बनेको मछिन्द्रले एएफसी क्लब च्याम्पियनसिप खेल्नेछ।

    मछिन्द्रले २६ खेलमा ४५ अंक जोडेको छ । पराजित मनाङ २६ खेलबाट ३३ अंक जोडेर आठौं भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार