Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चर्च ब्वाइजसँग पराजित नवप्रवेशी खुमलटार रेलिगेसनमा

    चर्च ब्वाइजसँग पराजित नवप्रवेशी खुमलटार रेलिगेसनमा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 714
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ ।

    शुक्रबार एन्फा कम्प्लेक्समा एक खेल अगाबै च्याम्पियन बनेको चर्च ब्वाइजले एफसी खुमलटारलाई २-० गोल अन्तरले पराजित गरेको हो ।



    चर्च ब्वाइजसँग हार ब्यहोरेसँगै खुमलटार भने पहिलो सिजनमै रेलिगेसनमा परेको छ । चर्च ब्वाइजको जितमा सुशील शाह र जोसेप बेम्पाहले एक एक गोल गरे ।



    पहिलो हाफको इन्ज्युरी समयमा विवाद भएपछि खेलमा विवाद भएको थियो। तनावकै कारण खेल करिब २० मिनेटभन्दा बढी समय रोकिएको थियो।

    जितसँगै चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । खुमलटारको २६ खेलमा ८ जित ३ बराबरी र १५ हारसहित २७ अंक रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार