Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ‘ए’ डिभिजन लिग : मनाङलाई हराउँदै एनआरटी छैटौं स्थानमा

    ‘ए’ डिभिजन लिग : मनाङलाई हराउँदै एनआरटी छैटौं स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले जित निकालेको छ ।

    च्यासल मैदानमा बुधबार एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।



    एनआरटीको जितमा दिपेश आले मगरले निर्णायक गोल गरे । दिपेशले खेलको १७ औं मिनेटमा गोल गरे ।



    यस सिजन आठौं जित हात पारेको एनआरटी २५ खेलबाट ३३ अंक जोड्दै मनाङलाई नै पछि पारेर छैटौं स्थानमा उक्लेको छ ।

    सातौं हार बेहोरेको मनाङ २५ खेलबाट ३२ अंकसहित सातौं स्थानमा झरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार