Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘ए’ डिभिजन लिगमा चार खेल हुँदै

    ‘ए’ डिभिजन लिगमा चार खेल हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 687
    SHARES

    फाइल फोटो

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका अन्तिम चरणका खेलहरु शुक्रबारबाट हुँदैछन् ।

    जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल एन्फा कम्पेल्क्स र एक खेल च्यासल मैदानमा हुनेछ ।



    दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । शुक्रबार नै दिउँसो ३ बजे एन्फा कम्प्लेक्स, सातदोबाटोमा एफसी खुमलटार र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।



    रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र हिमालयनबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

    साथै च्यासल मैदानमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    यी मध्ये दुई टोली ‘ए’ डिभिजनबाट ‘बि’ डिभिजनमा झर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार