Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरी भर्नामा पास गराईदिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ

    प्रहरी भर्नामा पास गराईदिन्छु भन्दै लाखौँ ठगी गर्ने पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा राप्ती सोनारी गाउँपालिका ६ का आशिष मल्ल ठकुरी रहेका छन् ।



    बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार आफूलाई सामाजिक अभियन्ता बताउने ठकुरीले सल्यानका भिमबहादुर घर्ती र तारा मन्तासँग प्रहरी भर्नामा पास गराइदिने भन्दै ६ लाख रुपैयाँ लिएका थिए ।



    पीडितको जाहेरीका आधारमा ठकुरीलाई पक्राउ गरीएको एसपी रानाले बताए ।

    ठकुरीले पीडितबाट एक पटक ४ लाख र अर्को पटक २ लाख आइएमईमार्फत बुझेको एसपी रानाले बताए ।

    पक्राउ परेका ठकुरीबाट पीडितको पैसासमेत असुलउपर गरी ठगी मुद्दा चलाएको प्रहरी प्रमुख रानाले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार