Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • वैदेशिक रोजगारीमा प्रलोभन देखाइ लाखौँ रकम ठगी गर्ने चारजना पक्राउ

    वैदेशिक रोजगारीमा प्रलोभन देखाइ लाखौँ रकम ठगी गर्ने चारजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ माघ २०८०
  • 726
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीमा प्रलोभन देखाइ रकम ठगी गर्ने चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा श्याम बहादुर भण्डारी, फूलमाया खत्री, चन्द्रबहादुर बुढाथोकी र टोपबहादुर सेजवाल रहेका छन् ।

    रोमानिया पठाउने भनी पाँच लाख ७४ हजार रुपियाँ ठगी गर्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. १ स्थायी घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने ३८ वर्षीय श्याम बहादुर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    भण्डारीले शरण बुढाथोकीलाई रोमानिया जान आठ लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा पेन्टरको काममा मासिक तलब एक लाख रुपियाँ हुने भनी विश्वास दिलाएका थिए ।



    माल्दिभ्स पठाउने भनी चार लाख ४० हजार रुपियाँ रकम ठगी गर्ने स्थायी घर खोटाङ वाक्सिला गाउँपालिका वडा नं. ४ भई हल काठमाडौँ काँडाघारी बस्ने ४३ वर्षीय फूलमाया पक्राउ परेकी छिन् ।

    खत्रीले प्रकाश बुढाथोकीलाई माल्दिभ्स जान पाँच लाख रुपियाँ लाग्ने र सेक्युरिटी गार्डको काममा मासिक तलब एक लाख रुपियाँ हुने भनी विश्वास दिलाएका थिए ।

    यस्तै, न्युजिल्याण्ड पठाउने भनी ११ लाख ५० हजार रुपियाँ ठगी गर्ने चन्द्रबहादुर बुढाथोकी र टोपबहादुर सेजवाल दुई जना पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार स्थायी घर सल्यान भई हाल काठमाडौँ सामाखुसी बस्ने ४६ वर्षीय बुढाथोकी र ३३ वर्षीय सेजवालले खड्क राज गिरी समेत दुई जनालाई न्युजिल्याण्ड जान प्रतिव्यक्ति दश लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि फुड प्याकिङ काममा मासिक तलब दुई लाख रुपियाँ हुने भनी प्रलोभनमा पारेका थिए । उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार