Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी धन्दा, थापा प्रहरी फन्दामा

    सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी धन्दा, थापा प्रहरी फन्दामा

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 546
    SHARES

    नेपालगन्ज । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।



    थापालाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।



    इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपियाँ ठगेर थापा फरार थिए ।

    अहिले नेपाली सेनाका लागि छनोट प्रक्रिया चलिरहेको हुँदा सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको पाइएको प्रहरीले जनाएको छ ।

    थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार