Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डान्सबारमा १ लाख ६३ हजार नक्कली नोटसहित २ जना रङ्गेहात पक्राउ

    डान्सबारमा १ लाख ६३ हजार नक्कली नोटसहित २ जना रङ्गेहात पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। महानगरीय प्रहरी वृत्त महाराजगंजले १ लाख ६३ हजार नक्कली नोट सहित २ जनालाई पक्राउ गरेको छ ।

    उनीहरुलाई बिहीबार राति सुकेधारास्थित आयुष डान्सबारबाट १ हजार दरका १ सय ६३ थान गरी जम्मा १ लाख ६३ हजार नक्कली नेपाली रूपैयाँसहित पक्राउ गरेको प्रहरीले बताएको छ ।



    पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय बिजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-४ घर भई काभ्रे बनेपा बस्ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन् ।



    महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोट सहित उक्त डान्सबारमा फेला पारी पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार