Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

    एमालेको दशौं महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म

    अनलाइन नेपाल
  • शुक्रबार, २८ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पदाधिकारी खारेज गरेर एमालेको दशौं महाधिवेशनको मिति घोषणा गरेका छन् ।

    ओलीले पार्टीमा महासचिव बाहेक सबै पदाधिकारीको पद खारेज गरेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षको बहुमत रहेको पदाधिकारी नै खारेज गरेका छन् ।



    आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।



    बैंठकले बागमती र सूदु्रपश्चिम प्रदेशको इन्चार्ज हेरफेर गरेको छ । नयाँ निर्णय अनुसार बागमती प्रदेशमा इन्चार्ज रहेकी अष्टलक्ष्मी शाक्यलाई हटाएर एमालेमा आएका माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई इन्चार्ज बनाइएको छ भने सूदुरपश्चिम प्रदेशमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

    बैठकले बादलसहित २३ माओवादी नेता एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

    त्यस्तै, नेता प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।

    त्यसैगरी बैठकले सातै प्रदेशका इन्चार्ज र सहइन्चार्ज तोकेको छ। प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा पूर्व माओवादीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ुबादलु, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।

    स्कूल विभाग प्रमुखको जिम्मेवारी ओली आफैंले लिएका छन् भने संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ। विदेश विभागको जिम्मेवारी डा। राजन भट्टराईले पाएका छन् ।

    नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

    नेकपाको अब अर्को बैठक चैत ७ गते बस्ने भएको छ।

    यसअघि २२० जनाको केन्द्रीय कमिटी रहेको एमालेमा अब माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतस् केन्द्रीय सदस्य भएसँगै २६४ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार