Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

ओलीलाई हटाएर नयाँ सरकार बनाउनुपर्नेमा महामन्त्री कोइरालाको जोड

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउनु पर्नेमा जोड दिएका छन् ।

नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको बताएका हुन् ।

उनले ओलीलाई हटाउन कै लागि मधेसवादी दलहरुसँग छलफल गरीरहेको पनि बताए ।

कांग्रेसले अहिले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी सभापति शेरबहादुर देउवा निवासमा सरकार गठनको बिषयमा छलफल गरिरहेको छ।

बैठकमा जसपाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो सहभागी रहेका छन् ।

कांग्रेसका तर्फबाट देउवा, विमलेन्द्र निधि, डा कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला सहभागी रहेका छन् ।

बैठकमा जसपासँग सत्तासमीकरणका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077