Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • गृहमन्त्री बादललाई २४ घण्टा भित्र स्पष्टीकरण दिन निर्देशन

    गृहमन्त्री बादललाई २४ घण्टा भित्र स्पष्टीकरण दिन निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । पेरिसडाडाँमामा बसेको नेकपा माओवादी केन्द्रको बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ ।

    बैठकले २४ घण्टाभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जना नेतालाई नेकपा एमालेको केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका थिए ।



    त्यस्तै, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठलले चार बुँदे निर्णय गरेको छ ।



    नेकपा एमालेको कमिटिमा राखिएका संघीय तथा प्रदेश सभा सांसदहरुलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्न भनेको छ ।

    त्यस्तै बैठकले  चैत्र २ गते बोलाइएको कार्यकर्ता भेला स्थगित गरेको छ ।

    ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रमा रहेका नेताहरू रामबहादुर थापा गृहमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, लेखराज भट्ट उद्योग तथा आपूर्तिमन्त्री, प्रभु साह सहरी विकासमन्त्री, मणि थापा खानेपानीमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री र दावा लामा युवा तथा खेलकुदमन्त्रीका रुपमा रहेका छन् ।

    यीमध्ये गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन् भने रायमाझी, साह, भट्ट र चौधरी प्रतिनिधिसभा सदस्य हुन् । बिना मगर र बर्षमान पुन यसअघि नै ओलीको कार्यशैलीप्रती असहमती जनाएर सरकारबाट बाहिरिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार