Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जिन्दगीको अन्तिम लडाईँ लड्ने रामकुमारी झाँक्रीको चेतावनी

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकी नेत्री एवं सांसद रामकुमारी झाँक्रीले जिन्दगीको अन्तिम र निर्णायक लड्ने प्रतिबद्दता ब्यक्त गरेकी छिन् ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि असन्तुष्ट रहेकी झाक्रीले सामाजिक सञ्जालमार्फत् ओली कदमको बिरोध गरेकी छिन् ।

उनले भनेकी छिन्, 'जे भइरहेको छ यो एकदमै गलत हो । विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो । तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ । यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ ।'

झाक्रीले थपिन्, 'साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ।'

https://twitter.com/Jhakri_didi/status/1370407604510334981

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077