Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आज पनि ठोस निर्णय गर्न सकेन जसपाले

    आज पनि ठोस निर्णय गर्न सकेन जसपाले

    अनलाइन नेपाल
  • शनिबार, २९ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्ता समीकरणको लागि छलफल गर्न नेकपा माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेको जनता समाजवादी पार्टी (जसपा)ले आजपनि ठोस निर्णय गर्न भने नसकेको बताएको छ।

    शनिबार माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाडाँमा बसेको बैठकमा सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको तर  निष्कर्षमा पुग्न भने नसकिएको जसपाका अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।



    ‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ फेरि पनि माओवादी केन्द्रसँग छलफल गर्छौँ, अध्यक्ष ठाकुरले भने।



    छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिनिधिसभामा चौंथो ठूलो दल रहेको जसपा नयाँ सरकार गठनको लागि निर्णायक रहेको छ। जसपासँग संसदमा ३४ सिट छ ।

    शुक्रबार बेलुका जसपाका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट बार्ता गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार