Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अफगानिस्तानको हेरातमा कारबम बिस्फोटमा आठ जना मारिए, दर्जनौं घाइते

एजेन्सी। पश्चिम अफगानिस्तानमा शुक्रबार भएको एक शक्तिशाली कारबम बिस्फोटमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अरु दर्जनौं व्यक्ति घाइते भएका छन् ।

सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसङ्घले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको छ ।

हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरु नराम्रोसँग क्षतिग्रस्त भएका छन् ।

मृत्यु हुनेहरुमा महिला, बालबालिका र सुरक्षाकर्मी रहेको प्रवक्ता फरहादले बताए । उनले बम बिस्फोटबाट ४७ जना घाइते भएका र उनीहरुको हेरातका अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिए ।

अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले हेरातमा भएको बिस्फोटसँग आफ्नो समूहको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

तर, तालिबानका लडाकूहरु यस राज्यमा निकै सक्रिय छन् र हालैका दिनहरुमा उनीहरुले सुरक्षाफौजलाई लक्षित गरी धेरैवटा हमला गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077