काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका ३ भञ्ज्याङबाट तास खेल्दै गरेका ११ जना पक्राउ परेका छन् ।
उनीहरुलाई २ लाख ६० हजार रुपैयाँसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ ।
प्रहरीकाअनुसार स्थानीय जगन्नाथ कार्कीको घरमा तास खेल्दै गरेका उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो ।