Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिराहामा गोइत समूहले बम विष्फोट गराएको आशंका

    सिराहामा गोइत समूहले बम विष्फोट गराएको आशंका

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2.1K
    SHARES

    सिराहा। सिराहाको मालपोत कार्यालय प्रांगणमा अज्ञात समूहले बम विस्फोट गराउँदा दुई जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै ५ जना घाइते भएका छन्।

    गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि जिल्लाबाहिर अस्पताल पठाउन हेलिकोप्टर मगाइएको प्रहरीले जनाएको छ ।



    आइतबार दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तलामा विस्फोट भएको हो ।



    विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटनास्थल पुगेको छ ।

    घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

    विस्फोट गराउने समूहको पहिचान नखुले पनि प्रहरीले भने जनतान्त्रिक गोइत मुक्तिमोर्चालाई आशंकामा राखेर अनुसन्धान शुरु गरेको प्रहरी स्रोतको भनाइ छ।
    यसअघि पनि चन्दा नदिएको भन्दै उक्त समूहले लाहान नगरपालिकामा बिस्पोट गराएको थियो।

    २०७४ सालमा सिरहाको लहान नगरपालिका–६ स्थित विकास ट्रेडर्स (सुनचाँदी पसल) लाई लक्षित गरी भएको बम विस्फोटको जिम्मेवारी जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको थियो ।

    त्यतिखेर आर्थिक सहयोग लिन गएका कार्यकर्तालाई प्रहरीद्वारा पक्राउ गराउन षडयन्त्र गरेको आरोपमा पसल सञ्चालनकलाई लक्षित गरी विस्फोट गराइएको गोइतले विज्ञप्तीमार्फत जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार