Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

'ओली गएपनि फेरि कुहिँएकै अण्डा ?'

काठमाडौँ। सामाजिक सञ्जालमार्फत् सनसनीपूर्ण अभिव्यक्ति दिइरहने व्यक्ति हुन् लेखक खगेन्द्र संग्रौला ।

पछिल्लो समय मुलुकको राजनीतिक गतिविधिलाई नजिकबाट नियालेका संग्रौलाले कहिले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खनिन्छन् त कहिले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि।

यसैबीच यसपटक उनीले कांग्रेश सभापति शेरबहादुर देउवामाथि कटाक्ष हानेका छन्।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले लेखेका छन्, जे छोयो त्यही नाश गर्ने भष्मासुर भनी प्रमाणित भएका ओली सर फालिऊन् - ठीक ! अनि सट्टाभर्ना गरिने पजेरो संस्कृतिका प्रवर्तक, ज्ञानेन्द्रीय फौजीतन्त्रका गुलाम एवं वैचारिक, नैतिक र कार्यगत तीनै कुरामा टाट पल्टिएका देउवा सरलाई ? हैट्, नागरिकहरूलाई कुहेको अण्डापछि फेरि उहीँ कुहेको अण्डा !'

https://twitter.com/belakoboli/status/1371260337668820994

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077