Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डसँगको छलफलपछि प्रभु साह र गौरीशंकर चौधरी पुन: माओवादीमै फर्किने सम्भावना

    प्रचण्डसँगको छलफलपछि प्रभु साह र गौरीशंकर चौधरी पुन: माओवादीमै फर्किने सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २ चैत्र २०७७
  • 5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रबाट नेकपा एमालेमा गएका नेताद्वय प्रभु साह र गौरीशंकर चौधरीलाई माओवादीमै फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गरिरहेका छन् ।

    ‘शाह र चौधरीसित प्रचण्डले निरन्तर छलफल गरिरहेका छन्’, माओवादीका एक केन्द्रीय सदस्यले भने । उनका अनुसार उनीहरु माओवादीमा फर्कने सम्भावना बढेको छ ।



    ‘अध्यक्ष प्रचण्डले पार्टी छोडेर एमालेमा लागेका अरु नेता तथा सांसदलाई पनि फर्काउने प्रयास गरिरहनु भएको छ । ‘अरुसित खासै छलफल भएको छैन, तर साह र चौधरी निरन्तर संवादमा छन् । सम्भवतः उहाँहरु फर्कनुहुन्छ’, उनले भने ।



    शाह सहरी विकास मन्त्री छन् भने चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् । उनीहरुसँगै गृहमन्त्री रामबहादुर थापा र मणि थापा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार