Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बार्सिलोनामा लिओनेल मेसीको अर्को कीर्तिमान

एजेन्सी। लिओनेल मेसीले बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने जभीको कीर्तिमानसँग बराबरी गरेका छन् ।

बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गरेका छन् ।

होएस्काविरुद्धको स्पेनिश प्रीमीअर लीग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए ।

बार्सिलोनाले ४-१ ले जितेको सो खेलपछि सो क्लब लीगको अङ्गतालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ। रेयाल मड्रोड भने ५७ अङ्कमा सीमित छ ।

मेसीले सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका हुन् । उनले १० पटक स्पेनिस लिग र चार पटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जितेका छन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077